११ साउन २०८३, सोमबार
एमाले केन्द्रीय कमिटी बैठक

चौतर्फी घेराबन्दी तोड्दै आत्मविश्वास र दृढतापूर्वक चुनावमा जान्छौँः केपी ओली

चौतर्फी घेराबन्दी तोड्दै आत्मविश्वास र दृढतापूर्वक चुनावमा जान्छौँः केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भइरहेको चौतर्फी हमला र घेराबन्दीलाई तोड्दै आत्मविश्वासका साथ चुनावमा जाने बताएका छन् । उनले मंसिर ४ गतेको चुनाव निष्पक्ष गर्नको लागि सरकारलाई दबाब सृजना गर्ने बताए । 

एमालेको चौथौँ केन्द्रीय कमिटी बैठकलाई शुक्रवार सम्बोधन गर्दै ओलीले विगतमा सरकारमा रहँदा गरेका राम्रा काम र भावी योजना लिएर जनतामा जाने बताएका हुन् । ‘एमालेविरुद्ध चौतर्फी हमला र घेराबन्दी छ । एमालेको अस्तित्व मेटाउँछौँ भनेका ठाउँमा रक्षा मात्र होइन विजयको सुनिश्चितता गर्दै आत्मविश्वास र दृढतापूर्वक अगाडि बढिरहेको छ’ ओलीले भने । 

उपयुक्त उम्मेदवार छनोट गरेर चुनावमा जाने भन्दै ओलीले त्यहीअनुसार जुट्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरे । ‘मंसिर ४ गते संघ र प्रदेशका लागि निर्वाचन हुँदैछ, यस निर्वाचनलाई शान्तिपूर्ण, भयरहित परिस्थितिमा हामीले सम्पन्न गराउनु पर्नेछ’ ओलीले भने, ‘सरकारसँग वार्ता, कुराकानी र दबाब चलिरहेको छ । निर्वाचनसँग सम्बन्धित राज्यका अंग र निकायसँग संवाद गर्नुपर्छ, बेठीक कुरा गर्नबाट रोक्नु पर्छ ।’ 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिवारसम्म चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्