१० साउन २०८३, आइतबार

बालेनलाई रामकुमारीको समर्थन, अब पालो नदी किनारका अतिक्रमण हटाउने

बालेनलाई रामकुमारीको समर्थन, अब पालो नदी किनारका अतिक्रमण हटाउने

नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाक्रीले अवैध संरचना हटाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को कदमलाई समर्थन गरेकी छन् । काठमाडौं महानगरपालिकाभित्र निर्माण गरिएका अवैध र प्रयोजनविपरीत प्रयोग गरिएका संरचना हटाउने बालेनको अभियानलाई उनले समर्थन जनाएकी हुन् । 

शुक्रवार सामाजिक सञ्जालमा सन्देश लेख्दै आफूले बालेनलाई समर्थन गर्नुको कारण पनि पेश गरेकी छन् । उनले अब उपत्यकाका नदी किनारमा गरिएको अतिक्रमण हटाउन पनि बालेनलाई सुझाव दिएकी छन् । आफूले नदी किनारमा गरिएको अतिक्रमण हटाउन प्रयास गरे पनि पार्टीको दबाबमा स्थगन गरेको स्मरण गर्दै उनले बालेनलाई पछाडि नहट्न सुझाव दिएकी छन् । 

यस्तो छ झाक्रीको सन्देश

मेरो समर्थन मेयर बालेन जीलाई !
१) यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने ।
२) मैले बागमति कोरिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ ।
३) निर्वाचन आएको छ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्‍यो ।
४) स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन शुरू भएको थियो ।
५) मेरो कार्यकाल लामो रहेन । मेयर बालेनजी र मैले केही योजना बनाएका थियौँ ।
६) सुकुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ । 
७) मलाईजस्तो दलीय दबाब मेयर बालेन जीलाई हुँदैन । 
८) I am always with you, behind you. keep it up.
९) इमान्दार प्रयासहरू सफल हुन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्