१९ असार २०८३, शुक्रबार

बालेनले अराजक गतिविधिलाई बढावा दिइरहेका छन्ः मीन विश्वकर्मा

बालेनले अराजक गतिविधिलाई बढावा दिइरहेका छन्ः मीन विश्वकर्मा

सत्तारुढ नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन् । 

काठमाडौं महानगरपालिकाका मेयर बालेनले अनधिकृत रूपमा बनाइएका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानूनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्तिसमेत जनाए । 

गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने बताए । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाई थियो । 

‘हामी आज बजारमा के–के देख्दै छौ त ? भत्काउँदै हिँडनु भएको छ नि हैन, मेयर साव । हाम्रो सिष्टमले भनेको त्यो हो त ? त्यसको कानूनी प्रक्रिया छैन ? अब भोलिदेखि सबै मेयरहरूले भत्काउँदै हिँडने हो भने त । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ । स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ । तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँडनु भयोभने के हुन्छ ?’ उनले प्रश्न गरे । 

नेता विश्वकर्माले गल्ती गर्नेहरुलाई मेयर शाहले बयान लिने, जरिबाना गर्ने प्रावधान भए पनि आतंकित बनाउने काम गरेको गुनासा गरे । उनले मेयर बालेनको यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि नै आघात पुर्‍याउने तर्क गरे । 

salt training

कमेन्ट गर्नुहोस्