×

NIC ASIA

महँगा ब्राण्डका नक्कली मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, ५ जना पक्राउ

भदौ १०, २०७९

Prabhu Bank
NTC
Premier Steels

प्रहरीले काठमाडौं उपत्यकाका बार तथा रेस्टुरेन्टमा महँगा ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बेच्ने कारखानामा छापा मारेको छ । विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादन गरेर बिक्री गर्ने गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दुईवटा कारखानमा छापा मारेको हो । 

Muktinath Bank

प्रहरीले नक्कली मदिरा बनाउने काममा संलग्न पाँचजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक गाउँपालिका–१ घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका २४ वर्षीय हरि वली, भिमेश्वर नगरपालिका–८ घर भई भक्तपुरको चाँगुनारायण बस्ने ३९ वर्षीय भगवान बस्नेत, कालिञ्चोक गाउँपालिका–४ घर भई महाबौद्ध बस्ने २० वर्षीय विशाल वली, रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २७ वर्षीय मनोझ खत्री र रामेछापकै खाँडादेवी गाउँपालिका–९ घर भई हाल ठमेल बस्ने २७ वर्षीय गोपी श्रेष्ठ छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीका अनुसार सुरुमा कोटेश्वरस्थित डेराबाट वलीलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अन्य व्यक्तिको पनि संलग्नता देखिएको थियो । 


Advertisment
Nabil box
Kumari

उनीहरू उत्पादन गरेको नक्कली मदिरा उपत्यकाका विभिन्न नाइट क्लब, लाउन्ज, डिस्को, डिलर, दोहोरी, डान्सबार लगायतमा पठाइने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

Vianet communication

काठमाडौंको कोटेश्वरसहितका स्थानमा विभिन्न ब्राण्डका नक्कली रक्सीको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा छापा मारिएको थियो । त्यसक्रममा कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण–२, दुवाकोटमा सञ्चालित दुईवटा कारखानामा नक्कली मदिरा उत्पादन गर्ने गरिएको प्रहरीले फेला पारेका छन् । ति स्थानबाट नक्कली मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित महँगा ब्राण्डका मदिराका खाली बोतहरू ठूलो परिमाणमा फेला परेको छ । 

ति स्थानबाट डबल ब्ल्याक, ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाईल्याण्डर भोड्का, ब्लू डाइमेन्ड लगायतका ब्राण्डका नक्कली रक्सी बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थसहितको बाल्टिन, जार, सोली लगायतका सामग्री पनि बरामद गरेको छ । 

हेर्नुहोस् प्रहरीको विज्ञप्ति

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x