
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन हजार रुपैयाँ घूससहित तीन जनालाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बम र विचौलिया नीरक बहादुर शाहीलाई अख्तियारको टोलीले घूससहित नियन्त्रणमा लिएको हो ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७, स्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत बमले सेवाग्राहीसँग विलबुक नवीकरण, जाँचपास नवीकरण र रुट परमिट नवीकरण गरिदिनका लागि घूस मागेको उजुरी परेपछि सुर्खेतबाट खटिएको अख्तियारको टोलीले शाही र बमलाई ३ हजार घूस लिइसकेको अवस्थामा शुक्रबार रंगेहात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।