×

NIC ASIA

चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक बसमा चोरीका घटना वृद्धि, यसरी दिउँसै लुटिइन् सम्झना

भदौ ११, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

पर्वतकी सम्झना शर्मा हिजो (शुक्रबार) साँझ बूढानीलकण्ठबाट २ जना बच्चासहित तीजको दर खाने कार्यक्रममा सहभागी हुन वनस्थलीको बोहोराटारस्थित आफन्तकोमा जाँदै थिइन् । उनी बूढानीलकण्ठबाट कलंकीसम्म जाने बसमा चढिन् । 

उनी बेलुका करीब ७ बजेतिर बसबाट वनस्थली चोकमा ओर्लन लागेकी थिइन । त्यही बेला ५ जनाको समूहमा रहेका चोरहरूले सम्झनाको गलामा रहेको सिक्री थुतेर भागे । उनी चिच्याउन थालिन्, तर कसैले वास्ता गरेनन् । बसबाट  ओर्लिएर हेर्दा चोरहरू बालाजुतर्फ जाँदै गरेको ७१५१ नम्बरको महानगर यातायात लेखेको बसमा चढेको उनले देखिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ओर्लिने बेलामा घाँटीमा भएको सिक्री थुतिहाल्यो चिच्याउँदा-चिच्याउँदै सडकको पल्लोपट्टी गएर महानगर यातायात लेखेको बसमा चढिहाल्यो,’ सम्झनाले लोकान्तरसँगको कुराकानीमा भनिन्, ‘सडक पार गर्ने बेलामा गाडी आएकाले मानिसहरू कस्ता थिए हेर्नै भ्याइन, तर गुडिरहेको बसमा चढेको भने देखेँ ।’


Advertisment
Rupse Holidays
Nabil box

उनले आफ्नो सिक्री लुटिएको बारेमा वनस्थली प्रहरीलाई जानकारी गराइन् । प्रहरीको १०० नम्बरमा पनि फोन गरेर जानकारी दिइन् । तर, उनी चढेर आएको बसले भने पैसासमेत नलिई हुइँकियो ।

Vianet communication

‘त्यत्रो चोरी भयो भनेर कराउँदा ड्राइभर र सहचालकले वास्ता नगरी गाडी हुइँक्याई हाले । 'यहाँ चोर थिए भन्ने उनीहरूलाई पहिल्यै थाहा थियो जस्तो लाग्यो’, सम्झनाले आशंका गरिन् । 

त्यसपछि प्रहरीले बालाजु चोकमा ७१८५ नम्बरको बस रोक्यो । त्यसमा एक जना शंकास्पद व्यक्तिलाई खानतलासी गर्दा केही भेटिएन । प्रहरीले बालाजु चौकीमा गएर बस्न भन्यो । उनले देखेको नम्बरको अर्थात ७१५१ नम्बरको गाडी आयो तर चोरहरू फेला परेनन् । उनी त्यहाँ उजुरी दिएर घर फर्किइन् । 

केही समय अगाडि तारकेश्वर नगरपालिका–९ बस्ने ६१ वर्षीय महिलाको टोखा नगरपालिका–८ भुवनेश्वरी मन्दिर जानेक्रममा सुनको सिक्री चोरी भयो । उक्त सिक्री चोरेको अभियोगमा प्रहरीले धरान उपमहानरपालिका–११ का २७ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई पक्राउ गरेको थियो । गोंगबुमा सुन चोरी भएपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन । उजुरी दिएको केही समयमै नयाँबसपार्कको प्रहरीले टोलीले सेन्चुरीलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

प्रहरीले उनको साथबाट २ वटा सुनको सिक्री बरामद गरेको थियो । उनलाई मुलुकी अपराधसंहिता ऐन–२०७४ को परिच्छेद २० अन्तर्गत चोरी तथा डाँका सम्बन्धी कसूरमा मुद्दा चलाएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

यस्तै प्रहरीले सार्वजनिक बसमा यात्रुलाई नसालु बिस्कुट दिएर बेहोस बनाई चोरी गरेको अभियोगमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–७ का ४९ वर्षीय रामबहादुर परियारलाई पनि पक्राउ गरेको थियो । 

उनले पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ९७१५ नम्बरको बसमा सँगै यात्रा गरिरहेका पर्वत चित्रेभन्ज्याङ गाउँपालिका २ का ४८ वर्षीय कमलार्से गुरुङलाई बेहोस बनाई लुटपाट गरेका थिए । नागढुंगाको चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा गुरुङ गाडी भित्रै बेहोस अवस्थामा भेटिएका थिए । पछि दुवैजनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा परियारले गुरुङलाई स्लिपिङ ट्याबलेट मिसाएको बिस्कुट खुवाएर बेहोस बनाई लुटपाट गरेको खुलेको थियो । 

प्रहरीले परियारको साथबाट ४ थान हाते घडी, ओरियो बिस्कुट ३ प्याकेट, पर्स २ थान, ४ थान मोबाइल, १४ हजार ५२० रुपैयाँ नगद, ४ वटा सिमकार्ड र ५ वटा स्लिपिङ ट्याबलेट बरामद गरेको थियो । 

तीज, दशैं, तिहारजस्ता चाडपर्व नजिकिरहेको समयमा उपत्यकामा चोरको बिगबिगी बढेको भन्ने यी घटनाले देखाउँछ । 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले चाडपर्व नजिकिँदै जाँदा चोरीका घटनाहरू बढेको बताए । ‘महिला दिदीबहिनीहरूले तीज, दशैंजस्ता चाडपर्वमा सार्वजनिक ठाउँमा जाँदा गहना लगाउने गरेकाले पनि चोरहरू सक्रिय भएको देखिन्छ’, एसपी मैनालीले लोकान्तरसँग भने, ‘यसलाई नियन्त्रण गर्नका लागि प्रहरी खटाएको छौँ ।’

प्रहरीले विगतमा जस्तै अहिले पनि सार्वजनिक बस, सार्वजनिक मठ मन्दिरमा हुने चोरीलाई नियन्त्रण गर्नका लागि ‘सेफ्टी पिन’ अपरेशनलाई निरन्तरता दिएको मैनालीले बताए । 

प्रहरीले सेफ्टी पिनअन्तर्गत उपत्यकाका सार्वजनिक बस, गाडीहरूमा चोरी नियन्त्रण गर्नका लागि महिला र पुरुष प्रहरीहरू सादा पोसाकमा खटाउने गरेको छ । 

एसपी मैनालीले सार्वजनिक ठाउँमा हिँड्दा वा मन्दिरहरुमा पूजा गर्न जाँदा सुनलगायतका महँगा गरगहनाको ध्यान दिन आग्रह गरेका छन् ।  

‘चाडपर्वमा दिदीबहिनीहरुले गहना लगाउँदा चोरी हुन्छ की भनेर पनि सावधानी अपनाउन अनुरोध गर्छु’, एसपी मैनालीले भने, ‘सकेसम्म सार्वजनिक भिडभाड हुने ठाउँमा जाँदा महँगा गहना नलगाउन अनुरोध छ ।’

चाडपर्वको समयमा घरबाट बाहिर निस्कँदा आफ्नो घरको ताला–चाबी राम्रोसँग लगाउन वा छिमेकीलाई निगरानी गर्न अनुरोध गरेर मात्रै बाहिर जान प्रहरीले अनुरोध गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x