२९ जेठ २०८३, शुक्रबार

कांग्रेसले शक्तिको सही मूल्यांकन नगरे वामपन्थी गठबन्धन बनाउँछौँ– प्रचण्ड

कांग्रेसले शक्तिको सही मूल्यांकन नगरे वामपन्थी गठबन्धन बनाउँछौँ– प्रचण्ड
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा सिट बाँडफाँटबारे कांग्रेसले गठबन्धनमा रहेका दलहरूको शक्तिको सही मूल्यांकन नगरे वामपन्थी गठबन्धन बन्ने बताएका छन् । 

आइतवार माओवादी केन्द्रको बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई ललितपुरको सानेपामा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसले अपमानपूर्ण व्यवहार गर्ने अवस्था आएमा एमाले बाहेकको वामपन्थी गठबन्धन बन्ने अवस्था आउने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

कांग्रेसका डा. शेखर कोइराला पक्षलगायतका नेताहरूले कांग्रेसले १०० सिट राखेर ६५ सिट मात्रै अन्य दललाई दिन सकिने तर्क गरिरहेका छन् । कांग्रेसका महामन्त्री गगन थापाले पनि कांग्रेसलाई १०० सिट नै चाहिने तर्क गरिरहेका छन् । 

माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनमा रहेका दलहरूले भने कांग्रेसले कुल १६५ निर्वाचन क्षेत्रमध्ये ५० प्रतिशत कांग्रेसले राखेर ५० प्रतिशत अरु दलहरूलाई दिन भनिरहेका छन् । 

कांग्रेसले अन्य दलहरूको शक्तिको अवमूल्यन गरेको अवस्थामा गठबन्धनभित्र रहेका वामपन्थी दलहरूको गठबन्धन बन्ने प्रचण्डले बागमती प्रदेशको बैठकमा बताएका थिए । 

‘कांग्रेसले गठबन्धनमा शक्तिको सही पहिचान गर्न मानेन भने वाम गठबन्धनलाई अगाडि बढाएर राम्रै परिणाम ल्याउन सक्छौँ । सत्तारुढ गठबन्धनभित्रका वामपन्थी दलहरू मिल्दा पनि हाम्रो नराम्रो परिणाम आउँदैन’, प्रचण्डलाई उदृत गर्दै ती नेताले भने ।

प्रचण्डले माओवादी केन्द्रका नेताहरूलाई कांग्रेसले शक्ति सन्तुलनको अवस्थालाई ख्याल गरेन, वर्तमान राजनीतिक परिस्थितिलाई ठीकसँग बुझ्न सकेन र स्थानीय चुनावमा देखिएका समस्या समाधान गर्न तयार भएन भने कांग्रेस र एमाले बाहेकका पार्टीहरूको गठबन्धन बन्न सक्ने कुरा जानकारी गराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्