०२ असार २०८३, मंगलबार

प्रज्ञा गजल महोत्सव सम्पन्न

प्रज्ञा गजल महोत्सव सम्पन्न

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५७औँ जन्मजयन्तीका अवसरमा आज ‘प्रज्ञा गजल महोत्सव–२०७९’ आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा आयोजित महोत्सवमा देश तथा विदेशबाट प्रत्यक्ष र भर्चुअलका माध्यमबाट अग्रज तथा नयाँ पुस्ताका गरी करिब ७० गजलकार सहभागी भएका थिए । 

कार्यक्रममा युवाकवि मोतीराम भट्टबाट रचित गजलहरूको वाचन गरिनुका साथै गजलको सिद्धान्तबारे विवेचना पनि गरिएको थियो । मोतीरामलाई नेपाली गजलका आदि गुरु मानिन्छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीबाट शुभारम्भ गरिएको सो महोत्वसमा स्रष्टाहरु बुँद राना, गोपाल अष्क, लोचन भट्टराई, रामबाबु सुवेदी, रेनुका थापा, वियोगी बुढाथोकी, जीत कार्की, बाबु त्रिपाठी, हरि पराजुली, रवि प्राञ्जल, राधा कँडेल, रुपक अलङ्कारलगायतले गजल वाचन गरेका थिए। कुलपति उप्रेतीले नेपाली काव्य विधामा नयाँ नयाँ प्रयोग हुँदै मानवीय संवेदना र भावनात्मक सृजना शक्तिलाई माथि उठाउन गजल एक सशक्त विधा भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्