३१ जेठ २०८३, आइतबार

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट १ जना पक्राउ

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित १ जनालाई पक्राउ गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको सुन ५५० ग्रामसहित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामालाई आइतवार बिहान प्रहरीले पक्राउ जनाएको छ । 

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भित्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको वस्तु फेला पारी पक्राउ गरेको विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्