२३ जेठ २०८३, शनिबार

दुर्घटनामा चालकको निधन

दुर्घटनामा चालकको निधन

पासाङल्हामु मार्गअन्तर्गत ग्रामीण भेकमा भएको सवारी दुर्घटनामा एक सवारी चालकको आज निधन भएको छ । निधन हुनेमा दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका–५ घर भएका नं ना३ख एक सय ९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल रहेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए ।  रसुवाबाट काठमाडौँ जाने क्रममा उक्त डिब्बा दुर्घटनामा परेको थियो ।
      
दुर्घटनापश्चात् घाइते चालकलाई नेपाली सेना विष्णुदल गणले घटनास्थलबाट तत्काल उद्धार गरी नुवाकोटको त्रिशूली अस्पताल पु¥याइए पनि निजको अवस्था थप जटिल बन्दै गएपछि  त्रिवि शिक्षण अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्