×

NIC ASIA

माओवादी केन्द्रले ताेक्याे उम्मेदवार छनाेट मापदण्ड र सिफारिस गर्ने मिति

भदौ १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

 नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने चुनावको लागि बागमतीका १३ वटै जिल्लाबाट उम्मेदवारकाे सिफारिस पठाउन निर्देशन दिएको छ। भदौ १५ गते बसेकाे बागमती प्रदेशकाे बिस्तारित बैठकले उक्त निर्णय गरेको प्रदेशका सचिव इन्द्रबहादुर थिङले जानकारी दिए। उम्मेदवार सकेसम्म सर्वसम्मत छनाेट गर्न भनिएको छ। 

Muktinath Bank

जसअनुसार सबै पालिकाहरूले यही भदौ १८ गते बैठक बसेर उम्मेदवार छनाेट गरि निर्वाचन क्षेत्रमा बुझाउने र क्षेत्रमा १९ गते बैठक बसि जिल्ला समन्वय समितिलाई उम्मेदवारकाे नाम सिफारिस गर्न निर्देशन गरिएको छ। २० गते जिल्ला समन्वयको बैठक बसि तलबाट सिफारिस भइ आएका नामहरूबारे बैठकबाट निर्णय गरि सुझाव सहित साँझसम्म प्रदेश कार्यालयलाई बुझाइसक्नुपर्ने सर्कुलरमा उल्लेख छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले उम्मेदवार छनाेटकाे कार्यविधि पनि निर्धारण गरेर पठाएको छ। जसमा क्रियाशील, पुराना र जनप्रियलाई पहिलो प्राथमिकतामा राखिएको छ। अहिलेसम्म एकपटक पनि सिफारिस नभएकालाई पहिलो प्राथमिकतामा राख्न भनिएको छ। एकपटक चुनाव जितेकाेलाई दाेस्राे र दुईपटक जितेकाेलाई तेस्रो प्राथमिकतामा राख्न निर्देशन गरेको छ। सिफारिस गर्दा नामहरू वर्णानुक्रममा राखिनुपर्छ भनिएको छ। 
समानुपातिक तर्फ भने यसअघि समानुपातिकबाट सांसद बनेकालाई सिफारिस नगर्न भनिएको छ।


Advertisment
Nabil box
Kumari

छनौट मिति
क) पालिका समितिको वैठक मिति २०७९ भाद्र १८ गते ।
ख) प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिको बैठक मिति २०७९ भाद्र १९ गते ।
ग) जिल्ला समन्वय समिति कार्यालयको बैठक मिति २०७९ भाद्र २० गते  बस्ने । 

Vianet communication

छनौट सम्बन्धि आधारहरु 
-प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनौटका लागि पालिका समितिको बैठकले प्रदेश तथा प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिलाइ तथा महानगरपालिकाले समन्धित निर्वाचन क्षेत्र र जिल्लालाई सिफारिस गर्नेछ 
-प्रदेश निर्बाचन क्षेत्रिय समन्वय समितिले प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको सिफारिस गर्नेछ । 

-प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको सिफारिस गर्नेछ  ।
-जिल्ला समन्वय समितिले प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रिय समन्वय समितिको सिफारिसमा आवश्यक सुझाव समावेश गरी प्रदेश कार्यालयमा पठाउनेछ । 
-नामावली सिफारिस गर्दा सकेसम्म सर्वसहमत नाम सिफारिस गर्ने प्रयास गर्नुपर्नेछ । सर्ब सहमत नभए प्रत्यक्ष तर्फ अल्फावेटको आधारमा वढीमा ३ जनाको नाम सिफारिस गर्नेछ  ।
-गठवन्धन भएमा गठबन्धनमा प्राप्त क्षेत्र र सिमिततालाई मध्यनजर गरी सिफारिस भएका उम्मेदवारहरु मध्येबाट जिल्ला कार्यलयको थप सुझाव समेत लिइ प्रदेश कार्यलयले तलमाथी गरी सिफारिस गर्न सक्नेछ
-सिफारिस गर्दा पहिलो प्राथमिकता पार्टी प्रतिवद्धता, अनुशासन र संगठनात्मक लगाव भएका, चुनाव जित्ने संभावना सहित जनमतलाई प्रभावित गर्न सक्ने लोकप्रियहरु मध्ये यसअघि निर्वाचित नभएकाहरुलाई दिनुपर्नेछ ।
-दोश्रो प्राथमिकता एकपटक निर्वाचित भइसकेकाहरु मध्येबाट अघिल्लो वुँदाको मापदण्डभित्र परेकालाई दिइनुपर्नेछ ।
-तेश्रो प्राथमिकता एकपटक भन्दा वढी निर्वाचित भएकाहरुलाई दिइनु पर्नेछ ।
-अत्यन्तै विशिष्ठ स्थिति बाहेक एकपटक समानुपातिकमा संसद भइसकेकाहरुलाई अर्कोपटकका लागि सिफारिस गरिनेछैन ।
-पार्टीको अन्तिम निर्णय निशर्त पालना गर्नु हरेक पार्टी सदस्यको बाध्यकारी कर्तव्य हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x