२६ जेठ २०८३, मंगलबार

बैंक खाताबाट लाखौं रकम गायब गरिदिने यी युवक, ८ कक्षा मात्रै पढेर ५ भाषाको ज्ञान

भदौ १७, २०७९
बैंक खाताबाट लाखौं रकम गायब गरिदिने यी युवक, ८ कक्षा मात्रै पढेर ५ भाषाको ज्ञान

विभिन्न प्रलोभनमा पारेर बैंक खाताबाट रकम गायब हुने गरेका घटना पछिल्लो समय बढ्दै गएका छन् । तर यस्ता घटनामा जोडिने अपराधीहरू खासै पत्ता लाग्दैनन् ।

भारतको मध्यप्रदेशमा इन्द्रौर राज्य साइबर सेलले ८ कक्षा पढेका १ जना अपराधीलाई पक्राउ गरेको छ, जसको कसूर बैंक खाताबाट रकम ट्रान्सफर गरेर ठगी गरेको छ ।

पीडित राजेन्द्र डेनवालको जाहेरीका आधारमा प्रहरीले जामताडाका अतुल राणालाई पक्राउ गरेको छ । उनले राजेन्द्रको खाताबाट ३ लाख रुपैयाँ गायब गरिदिएको आरोप छ । राजेन्द्रको जाहेरी पाएपछि प्रहरीले विज्ञको सल्लाहमा अनुसन्धान गरेको थियो ।

प्रहरीका अनुसार अतुललाई ५ भाषाको ज्ञान छ । उनी गाउँमै बस्छन् तर उनले बैंगलुरमा रहेका साथीसँग मिलेर साइबर अपराध गरेका हुन् । उनीसँग बयान लिएपछि थप तथ्य खुल्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्