२५ जेठ २०८३, सोमबार

पाल्पा–बुटवल सडक पुनः अवरुद्ध

पाल्पा–बुटवल सडक पुनः अवरुद्ध

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा सडकखण्ड अवरुद्ध बनेको हो । 

बिहीवार राति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

बिहीवार दिउँसो सो ठाउँमा करीब ४० मिटर जमिनसहित सडक भासिँदा पूर्णरूपमा बन्द भएको थियो । राति केही समय एकतर्फी सञ्चालन भए पनि शुक्रवार बिहान करीब ३ बजेदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

माथिबाट पहिरो खस्ने क्रम जारी छ । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । यहाँ सडक अवरुद्ध हुँदा यात्रु बीच बाटोमै अलपत्र छन् । अहिले पनि पानी परिरहेको छ ।

पहिरो खस्ने र खनेको समेत बगाएपछि सडक खुलाउन मुश्किल भएको छ । पानी रोकिएपछि मात्रै खुलाइने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्