३० जेठ २०८३, शनिबार

सांसद जीपछिरिङ लामाको प्रश्नः सरकार लिपुलेक कहिले फिर्ता आउँछ

सांसद जीपछिरिङ लामाको प्रश्नः सरकार लिपुलेक कहिले फिर्ता आउँछ

नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले नेपाली भूमि भारतबाट कहिले फिर्ता आउँछ भनी सरकारलाई प्रश्न गरेका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूमि भारतबाट कहिले फिर्ता आउँछ भनी सरकारलाई प्रश्न गरेका हुन् । 

उनले संसद्मा बोल्ने क्रममा भने, ‘म अहिलेको सरकारलाई पनि सोध्न चाहान्छु, लिपुलेक हाम्रो जमिन हो । त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ ? म सोध्न चाहन्छु ।’ 

सांसद लामाले आगामी निर्वाचनमा श्रीमान श्रीमती दुवैजनालाई टिकट दिन नहुने व्यवस्था गर्न पनि माग गरेका छन् । उनले भने, ‘श्रीमान प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिकमा, श्रीमान समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनुपर्छ । किनभने श्रीमान, श्रीमती दुवै सांसद हुँदा अरु हरेक पार्टीका कार्यकताहरुले टिकट नपाउने र त्याग तपस्यालाई सधै समस्या परिरहने । निर्वाचन आयोगले नियमावली संशोधन गरेर अब श्रीमान र श्रीमती दुईटै उम्मेदवार भए खारेज गर्ने नियम बनाउनुपर्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्