
काठमाडौं, २१ पुस–क्रिष्टियानो रोनाल्डो विना नै मैदानमा उत्रिएको रियल मड्रिडले आफ्नो अपरजित यात्रालाई निरन्तरता दिएको छ ।
रियल मड्रिडले स्पेनिस कोपा डेल रेको अन्तिम १६ को पहिलो लेगमा सेभिल्लालाई पराजित गर्दै आफ्नो अपराजित यात्रा ३८ खेलसम्म पु-याएको छ ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा रियलले सेभिन्लालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
खेलमा जेम्स रोड्रिगेज चम्किएका थिए । उनले दुई गोल गरेभन्े राफाल भारानेले एक गोल गरे ।