१० साउन २०८३, आइतबार

नेता कोइरालाको नाम सुनसरी २ बाट सिफारिस

नेता कोइरालाको नाम सुनसरी २ बाट सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजिव कोइरालाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्वर २ बाट सिफारिस भएको छ । 

सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उमेदवार सिफारिस गर्न गरेको परिपत्रअनुसार नेता कोइरालाको नाम प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ । कोइराला सुनसरी क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्य हुन् । 

कोइरालासँगै पूर्वराज्यमन्त्री तथा सङ्घीय सांसद सिताराम मेहता र पार्टीका केन्द्रीय सदस्य राजिव ढुङगानाको नामसमेत प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए । यसै क्षेत्रबाट प्रतिनिधिसभाका लागि समानुपातिकमा दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्