×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री पोखरेल र पाकिस्तानी राजदूतबीच भेटवार्ता

भदौ १८, २०७९

NTC
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल
Premier Steels

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इश्लामिक गणतन्त्र पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच शुक्रबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र पाकिस्तानबीचको सम्बन्ध जनस्तरसम्म सदृढ रहेको भन्दै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा द्विपक्षीय सहकार्य अझै बढाउनुपर्नेमा जोड दिए । त्यस क्रममा मुख्यमन्त्री पोखरेलले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध पनि मजबुत रहेको बताए । पारस्पारिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र पाकिस्तानबीच हुँदै आएका समन्वय र सहकार्य उल्लेखनीय रहेको उनको भनाइ थियो ।

Muktinath Bank

मुख्यमन्त्री पोखरेलले पाकिस्तानमा हालै वाढीबाट हुन गएको धनजनको क्षतिप्रति दुःखसमेत व्यक्त गरे । मुख्यमन्त्री पोखरेलसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै राजदूत शाहले पहिलो पोखरा भ्रमणबाट आफू रोमाञ्चित भएको प्रतिक्रिया दिए । पोखराको नाम धेरै सुनेको र पहिलोपटक आउँदा यहाँको सुन्दरताले लोभिएको उनको भनाइ थियो । उनले दुई देशका जनताबीचको सम्बन्ध समुधुर रहेको उल्लेख गरे ।  राजदूत शाहले दुई देशबीच पर्यटन, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तनलगायत मुद्दामा सहकार्य अझ बढाउनुपर्नेमा जोड दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली विद्यार्थी अध्ययनका लागि पाकिस्तान जाने गरेका उल्लेख गर्दै राजदूत शाहले छात्रवृत्ति कोटा थप्दै जाने बताए । उनले कोभिड–१८ महामारी, भूकम्प जस्ता विपद्का घडीमा नेपाल र पाकिस्तानबीच मित्रवत् सहकार्य भएको स्मरण गरे । 


Advertisment
Nabil box
Kumari

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण सम्बन्धले छ दशक पार गरिसकेको छ । दुवै देशले वित्तीय क्षेत्र, कृषि, पशुपालन, ऊर्जा, स्वास्थ्य, शिक्षा, संस्कृति, पर्यटन, सूचना, प्रविधिलगायत क्षेत्रमा सहकार्य गर्दै आएका छन् । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x