११ साउन २०८३, सोमबार

एमाले कार्यकर्तालाई ओलीको निर्देशनः गड्यौलाजस्तो होइन सर्पजस्तो बन्नुहोस्

एमाले कार्यकर्तालाई ओलीको निर्देशनः गड्यौलाजस्तो होइन सर्पजस्तो बन्नुहोस्
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कार्यकर्तालाई सर्पजस्तो बन्न निर्देशन दिएका छन् । एमाले कार्यकर्ता गड्यौलाजस्तो नभई सर्पजस्तो बन्नु पर्ने बताएका हुन् । 

शनिवार सुनसरीको दुहबीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कार्यकर्ताहरू सर्पजस्तो सधैं शत्रुलाई डस्न तयार हुनुपर्ने बताएका हुन् । उनले बुथ कब्जा गर्न खोज्नेलाई त्यतिकै नछाड्न निर्देशन दिँदै, आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन आग्रह गरे । 

‘एमालेका नेता कार्यकर्ता गड्यौला जस्तो हुने हैन । दुईटा दाँत भएको जस्तो डस्न तयार पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नु पर्छ’, उनले भने, ‘कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न ।’ 

salt training

कमेन्ट गर्नुहोस्