०८ साउन २०८३, शुक्रबार

खेलकुदमा निखारता दिँदै अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने खेलाडी बनाउनुपर्छ : प्रधानमन्त्री

खेलकुदमा निखारता दिँदै अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने खेलाडी बनाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रमा निखारता ल्याउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा खरोरुपमा उत्रनसक्ने बनाउनुपर्ने बताएका छन् । काठमाडौँमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले पछिल्लो समयमा खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी भई मुलुकको नाम उच्च बनाउँदै गएको स्मरण गर्दै अझै सफलता प्राप्त गर्नुपर्ने आवश्यकता औँल्याए । 

“खासगरी केही वर्षयता नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी भएर नेपालको नाम उँचो बनाउँदै विजयको माला पहि¥याएर फर्किनु हामी सबैका लागि गौरवको विषय हो, यसका लागि सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु”, प्रधानमन्त्री देउवाले भने, “अझै उच्च सफलता प्राप्त गर्दै नेपालको प्रतिष्ठा अभिवृद्धि गर्दै लैजानेछ भन्ने अपेक्षा छ, खेलकुदमा अझै निखार ल्याउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने बनाउनु आजको आवश्यकता हो, यस कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउन चाहन्छु ।” 

प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका बाबजुद नेपाली खेलकुद क्षेत्रले हालसम्म प्राप्त गरेको उपलब्धि प्रशंसनीय रहेको बताए । 
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी देशका गहना भएको बताए । उनले देशको शिर उँचो बनाउन खेलाडीले गरेको मेहनत र प्राप्त उपलब्धिको सरकारले उच्च मूल्याङ्कन गरेको उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्