
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध बयान लिने क्रम आइतबार पनि जारी रहने भएको छ । त्यसका लागि महाभियोग सिफारिस समितिको बैठक बस्दैछ । यसअघि जबराविरुद्ध भदौ १५ र १६ गते बयान लिइएको थियो ।
जबरासँग बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा जम्मा ६ वटा प्रश्नको जवाफ दिने काम सकिएको छ ।