१३ असार २०८३, शनिबार
प्रधानन्यायाधीशविरुद्धको महाभियोग

चोलेन्द्रसँग तेस्रो दिनको बयान शुरू

चोलेन्द्रसँग तेस्रो दिनको बयान शुरू

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तेस्रो दिनको बयान दिन शुरू गरेका छन् । 

प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिमा उनले तेस्रो दिनको बयान शुरू गरेका हुन् । 

भदौ १५ र १६ गते महाभियोग सिफारिश समितिमा चोलेन्द्रले बयान दिइसकेका छन् । 

जेष्ठताको आधारमा समितिको सभापतित्व गरिरहेका कांग्रेस नेता रामबहादुर विष्टका अनुसार समितिले तयार गरेका ४३ मध्ये ६ वटा प्रश्नको जवाफ दिएका छन् । 

आइतवार सातौं प्रश्नबाट बयान शुरू भएको छ ।

पहिलो दिनको बयानमा चोलेन्द्रले अन्य न्यायाधीश, राजनीतिक दलका नेता र केही वरिष्ठ वकिलको पोल खोलेका थिए । 

यसअघि व्याख्यात्मक जवाफ दिएकोले अब तथ्यगत जवाफ दिन आग्रह गरिने समितिका एक सदस्यले बताए । 

चोलेन्द्रविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो । 

६ महिना देखि महाभियोग सामना गरिरहेका चोलेन्द्रले महाभियोग प्रस्ताव निष्कृय भइसकेको दावी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्