
हिमालयन बैंकले एक्सलेन्स इन पीओएस एक्वाइरिङ बिजनेश २०२२ अवार्ड प्राप्त गरेको छ ।
विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस जेसीबी, मास्टरकार्ड, युनियनपे एवम् भीजा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले सो अवार्ड पाएको हो ।
भिजाद्वारा आयोजित एक समारोहका बीच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई अवार्ड प्रदान गरेकी थिइन् ।
बैंकले विगतका वर्षहरू देखि नै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको जनाएको छ ।