२९ असार २०८३, सोमबार

दाङ–२ बाट एमाले महासचिव पोखरेलको एकल नाम सिफारिस

दाङ–२ बाट एमाले महासचिव पोखरेलको एकल नाम सिफारिस

नेकपा एमाले महासचिव शंकर पोखरेल दाङ–२ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । एमाले क्षेत्रीय समितिको आइतवार बसेको बैठकले प्रतिनिधिसभाका लागि महासचिव पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको  प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए । 

यो क्षेत्रमा गठबन्धनबाट माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरा चुनाव लड्ने तयारीमा छन् । दाङ–२ बाट कांग्रेसले पूर्वसांसद तथा लुम्बिनी प्रदेश उपाध्यक्ष राजु खनाल, पूर्वजिल्ला सभापति घनश्याम रेग्मी र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरेको छ । 

दाङमा प्रतिनिधिसभातर्फ तीन वटा निर्वाचन क्षेत्र रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्