टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले ग्रीसलाई एजियन टापुसमूहमा सैन्य गतिविधि बन्द गर्न आग्रह गरेका छन् ।
सैन्य गतिविधि बन्द नगरेमा ग्रीसले चर्को मूल्य चुकाउनुपर्ने भन्दै एर्दोआनले धम्की दिएका छन् ।
‘तिमीहरूले टापुसमूहमा कब्जा गर्दा हामी बाँधिएर बस्दैनौं,’ उनले बताए । ‘समय आएपछि हामी आवश्यक कारवाही गर्छौं ।’
ग्रीसले एजियन टापुसमूहमा सैन्य गतिविधि क्रमशः बढाउँदै लगेको आरोप टर्कीले लगाउने गरेको छ । ती टापुहरू असैन्यीकृत अवस्थामा रहे मात्र ग्रीसले तिनमा सार्वभौमसत्ताको दाबी गर्न पाउने टर्कीको भनाइ छ ।