०७ साउन २०८३, बिहीबार

बेलायतलाई उछिनेर भारत बन्यो संसारको पाँचौ ठूलो अर्थतन्त्र

भदौ १९, २०७९
बेलायतलाई उछिनेर भारत बन्यो संसारको पाँचौ ठूलो अर्थतन्त्र

बेलायतलाई पछि पारेर भारत संसारको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको प्रक्षेपणमा अमेरिका, चीन, जापान र जर्मनीपछि भारतको अर्थतन्त्र छ । 

एक दशकअघि भारत ११औं अर्थतन्त्र थियो भने बेलायत पाँचौं स्थानमा थियो । 

गत अप्रिलदेखि जुन महिनासम्मको त्रैमासिकमा कीर्तिमान विस्तारका कारण भारतीय अर्थतन्त्रले बेलायतलाई उछिनेको हो । 

ब्लूमबर्ग पत्रिकाले कोषको डेटाबेस र विनिमय दरको गणना गरी भारतको अर्थतन्त्रको स्थानको प्रक्षेपण गरेको हो । 

प्रमुख अर्थतन्त्रमध्ये सबभन्दा द्रुत गतिमा बढिरहेकाले भारतको अग्रता बेलायतको तुलनामा आगामी वर्षहरूमा थप बढ्नेछ ।
 

कमेन्ट गर्नुहोस्