२५ जेठ २०८३, सोमबार

मंसिर ४ पछि माओवादी केन्द्र सडक संघर्षमा जाने प्रचण्डकाे उद्घाेष

मंसिर ४ पछि माओवादी केन्द्र सडक संघर्षमा जाने प्रचण्डकाे उद्घाेष
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलगत्तै आफू सडक संघर्षमा जाने घोषणा गरेका छन् । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनलगत्तै सडक संघर्षमा जाने उनको भनाइ थियो । 

आइतवार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको बताए । त्यसको निकासका लागि निर्वाचनलगत्तै आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना पार्टीभित्र तय गरिसकेको उनले जानकारी दिए । 

उनले भने, ‘हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु । सडकबाट मात्रै समाजवादको परिकल्पना जो संविधानमा गर्न खोजेको हो । मैले कम्युनिष्ट पार्टी एकता गर्दा पनि समाजवादतिर लैजाने कुरा गरेको छु । त्यसलाई प्राप्त गर्न अव एकचोटी फेरि निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नको निम्ति जनतामा जानुको कुनै विकल्प छैन ।’

अध्यक्ष प्रचण्डले समाजवादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि स्मरण गरे । उनले एक वर्षभित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीति क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने दाबी गरे । त्यसका लागि कम्युनिष्ट पार्टीहरुबीच एकता गरेर अघि बढ्ने उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्