२० असार २०८३, शनिबार

भारतमा बेरोजगारी समस्या बढेको छ : राहुल गान्धी

भदौ १९, २०७९
भारतमा बेरोजगारी समस्या बढेको छ : राहुल गान्धी

काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दावी गरेका छन् । 
उनले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप लगाए । भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई घृणातर्फ मोडिइरहेको पनि उनले दावी गरे । 

सम्बोधनका क्रममा उनले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सरकारबाट के गरिब, किसान वा साना व्यापारीले कुनै लाभ पाइरहेका छन् भनी प्रश्न गरे । 

सबै विपक्षी दल एकजुट भएर भाजपा र आरएसएसलाई परास्त गर्ने दिन आएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्