२४ जेठ २०८३, आइतबार

सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धनको कार्यदलको बैठक आज (सोमवार) बस्दै छ । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट बाँडफाँट टुङ्याउन सकस परिरहेका बेला गठबन्धनको कार्यदलको बैठक बस्न लागेको हो । 

बैठक आज दिउँसो १ बजे बस्ने तय भएको  सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको थियो ।  

मन्त्री कार्कीले अब लगातार बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस गर्ने समेत बताएका छन् ।

 
 

salt training

कमेन्ट गर्नुहोस्