२५ जेठ २०८३, सोमबार

सोलुखुम्बुबाट प्रत्यक्षतर्फ आङगेलुको एकल नाम सिफारिस, बलबहादुर केसी समानुपातिकमा

सोलुखुम्बुबाट प्रत्यक्षतर्फ आङगेलुको एकल नाम सिफारिस, बलबहादुर केसी समानुपातिकमा

नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फ केन्द्रीय सदस्य आङ गेलु शेर्पाको एकल नाम सिफारिस गरेको छ । आइतवार बसेको कांग्रेस जिल्ला कार्य समिति बैठकले प्रतिनिधि सभातर्फ शेर्पाको एकल नाम सिफारिस गरेको हो । जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र प्रदेश सभा क्षेत्रीय सभापतिहरूको संयुक्त बैठकले प्रतिनिधि सभा र प्रदेश सभातर्फ उम्मेदवारहरूको नाम सिफारिस गरेको हो । 

यसअघि तीनपटक प्रतिनिधि सभा र एकपटक संविधान सभाको निर्वाचनसमेत जितेका बलबहादुर केसीलाई समानुपातिक तर्फ सिफारिस गरिएकाे छ । समानुपातिकतर्फ उनीसहित आठ जनाकाे नाम सिफारिस गरिएको छ । केसीले २०४८ यताको सबै संसदीय निर्वाचनमा टिकट पाउँदै आएका थिए । 

प्रतिनिधि सभा समानुपातिकतर्फ पुरुषोतम बस्नेत, गोकर्ण राई, प्रभुराम बस्नेत, प्रकाशसिंह कार्की, आङछिरिङ शेर्पा, धर्म नेपाली र राधिका श्रेष्ठको नाम सिफारिस गरिएको छ । 

प्रदेश सभातर्फ पनि कांग्रेसले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । 

प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ विनोद बस्नेत, भलाकाजी कुलुङ, गणेश बस्नेत, कुसराज राई, रोसन थुलुङ, भेषकुमार बास्तोला र थिरबहादुर बस्नेतको नाम सिफारिस गरिएको जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाले जानकारी दिए । 

त्यस्तै, प्रदेश सभा ‘क’ को  समानुपातिकतर्फ छत्रध्वज बस्नेत, नातिकाजी गुरुङ, सरला नाछिरिङ, गीता गुरुङ, रिना उप्रेती केसी, जीवन गुरुङ, एकाकुमारी कार्की, अशोक झा, जयप्रसाद राई, भक्त गुरुङ, फुर्तिमान तामाङ, विमला गुरुङ र हरिदेवी भुजेलको नाम प्रदेश समितिमा पठाइएको छ ।

प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ कर्मा शेर्पा, प्रेमबहादुर थापा मगर र साङगा बहादुर राईको नाम सिफारिस गरिएको छ । 

समानुपातिकतर्फ डोल्मा तामाङ, फुदोर्जी शेर्पा, पासाङ शेर्पा, मनोज खड्का, टंकीमाया बस्नेत, मंगलसिंह तामाङ, सानुमाया राजभण्डारी, राजन बस्नेत र लाक्पा नुरु शेर्पाको नाम सिफारिस गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्