११ साउन २०८३, सोमबार

अफेयरमा नभएको गायिका त्रिशलाको स्पष्टीकरण

अफेयरमा नभएको गायिका त्रिशलाको स्पष्टीकरण

गायिका डाक्टर त्रिशला गुरुङले आफू अफेयरमा नरहेको स्पष्टीकरण दिएकी छन् । उनले आइतवार सामाजिक सञ्जाल फेसबुकपेजमा रोहित शाक्यसँगको केही तस्वीर शेयर गर्दै केही शब्द लेखेकी थिइन् । उक्त पोष्टपश्चात उनी रोहितसँग अफेयरमा रहेको चर्चासँगै समाचारहरूसमेत सार्वजनिक भएका थिए । तर, त्रिशलाले त्यो चर्चासँगै खबरहरू गलत भएको र आफूहरू अफेयरमा नरहेको स्पष्टीकरण दिएकी हुन् । 

उनले अफेयरमा रहेको समाचारहरू आउँदा आफूले घरमा पनि गाली खाएको बताइन् । सोमवार राजधानीमा एक कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा त्रिशलाले भनिन्, ‘उहाँ साथी मात्र हो । ति फोटो एउटा गीतको सिलसिलामा खिचिएको हो । गीतको भावमा केही लेखेर फोटा राखेको तर मानिसहरुले अर्कै सोँचे ।’ 

बिहान मिडियामा आफूहरू प्रेममा रहेको खबर सार्वजनिक भएसँगै घर, परिवार र आफन्तबाट समेत धेरै गाली खाइरहेको बताउँदै गलत समाचार सम्प्रेषण नगर्न आग्रह गरिन् । उनले पढाइका कारण आफ्ना गीतहरू सार्वजनिकमा ढिलाइ भएको समेत बताइन् । ‘पढाइका कारण ढिलाइ भएको हो । अब बल्ल गीतमा फोकस हुन पाएकी छु’, उनले भनिन्, ‘अब चाहिँ धेरै गीतहरू रिलिज हुनेवाला छन् ।’ 

उनले फिल्महरुबाट समेत अफर आएको बताउँदै पढाइकै कारण समय दिन नसकेको बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्