हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
थापाथली स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिद्वारा संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरे ।
सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्पmत १ जना विजेतालाई हुन्डाई आई२० जित्ने मौका पाएका थिए ।
अफरको विजेताको घोषणा हिमालय टिभीमा लाइभ लक्की ड्र मार्फत २०७९ भाद्र ९ गते गरिएको थियो ।
सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् ।
अफर अनुसार बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौंका लोकेश बज्रचार्यले हुन्डाई आई२० जितेका थिए ।
सो योजना २०७८ भाद्र २४ देखि कार्तिक ३० सम्म लागु गरिएको थियो ।