
भारतीय स्थल सेना प्रमुख जनरल मनोज पाण्डले मानार्थ सेनापतिको दज्र्यानी चिन्ह पाएका छन् । आज (सोमवार) राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति कार्यालय शितल निवासमा मानार्थ महारीको दज्र्यानी चिह्न दिएकी हुन् ।
नेपाली सेना र भारतीय सेनाको परम्परामा एक अर्का देशका सेना प्रमुख परिर्वन भएपछि मानार्थ महारथीको दज्र्यानी चिह्न दिने प्रचलन रहेको छ । आफ्नो ५ दिने औपचारिक भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतवार काठमाडौं आएका थिए ।