११ साउन २०८३, सोमबार

लिज ट्रस बनिन् बेलायतकी नयाँ प्रधानमन्त्री

भदौ २०, २०७९
लिज ट्रस बनिन् बेलायतकी नयाँ प्रधानमन्त्री

लिज ट्रस संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री निर्वाचित भएकी छन् । 

सोमवार सत्तारूढ कन्जर्भेटिभ पार्टीले घोषणा गरेको परिणामअनुसार ट्रस विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी पूर्व अर्थमन्त्री ऋषि सुनक हुन् । 

ट्रसले ८१ हजार ३२६ मत पाएकी छन् भने ऋषि सुनकले ६० हजार ३९९ मत पाए । 

बहालवाला प्रधानमन्त्री बोरिस जोनसनले गत जुलाई ७ मा पार्टी प्रमुखबाट राजीनामा दिएका थिए । अनेकौं विवादमा घेरिएपछि उनी पदमा बसिरहन सकेनन् । 

बेलायतमा सत्तारूढ दलका प्रमुख स्वतः प्रधानमन्त्री हुने व्यवस्था छ । 

नयाँ प्रधानमन्त्री ट्रसलाई बेलायतमा बढ्दो महंगीले निम्त्याएको समस्या सम्हाल्न निकै गाह्रो पर्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्