२५ असार २०८३, बिहीबार

भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारीका लागि एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारीका लागि एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

आगामी मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ । 

प्रतिनिधिसभा सदस्य बस्नेतको नाम आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरिएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए । 

उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि सोमवार बसेको जिल्ला कमिटी बैठकको सिंगो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मतरूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरूले जानकारी दिए । 

नेता बस्नेतले ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई पराजित गरेका थिए । रासस
 

salt training

कमेन्ट गर्नुहोस्