१३ असार २०८३, शनिबार
अभद्र व्यवहार प्रकरण

पर्यटन मन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङ साधारण तारिखमा रिहा

पर्यटन मन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङ साधारण तारिखमा रिहा

संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका शेरजंग गुरुङ रिहा भएका छन् । 

चौतर्फी दबाबपछि गरुड सेक्युरिटिजका सुरक्षा गार्ड गुरुङ सोमबार साँझ साधरण तारिकका रिहा भएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार गुरूङलाई साधारण तारिखमा रिहा गरिएको हो । 

रिहा गर्नुअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङबारे प्रहरीबाट आएको फाइल अध्यय गरेको थियो । त्यसपछि गुरुङसँग काठमाडौं जिल्ला प्रशासनले केहीबेर बयान लिएको थियो । सोही आधारमा प्रमुख जिल्ला अधिकारीको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको मैनालीले बताए ।  मुलुकी अपराध संहिताले अभद्र व्यवहारसम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था गरेको छ ।

पर्यटन मन्त्री श्रेष्ठ क्यानडामा हुने कार्यक्रममा जानको लागि बायोमेट्रिक दिन शुक्रबार ठमेलको छाँया सेन्टरको भिएफएसको कार्यालयमा गएका थिए । उक्त कार्यालयमा मन्त्रीले पालो मिचेर अगाडि बढ्न खोजेपछि सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न भनेका थिए । त्यसलाई मन्त्री श्रेष्ठले अभद्र व्यवहार गरेको भन्दै गुरूङलाई पक्राउ गर्न दबाब दिएका थिए । मन्त्री श्रेष्ठको हर्कतबारे चौतफी आलोचना भइरहेको छ ।

पढ्नुहाेस् याे पनि

 


salt training

कमेन्ट गर्नुहोस्