नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधि सभा सदस्य निर्वाचनकाे उम्मेदवारका लागि केन्द्रीय सदस्य मानवीर राईको एकल नाम सिफारिस गरेको छ ।
सोमबार बसेको जिल्ला कमिटी बैठकले एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पार्टीको तर्फबाट राईको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ सूर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको जिल्ला कमिटी सदस्य जगनाथ बास्ताेलाले लाेकान्तरलाई बताए।
एमालेले प्रदेश सभा १(१) मा वर्तमान प्रदेश सभा सदस्यसमेत रहेका उत्तमकुमार बस्नेत र महेश किरातीको नाम सिफारिस गरेकाे छ ।
प्रदेश सभा १(२) मा भने वर्तमान प्रदेश सभा सदस्य तथा एमाले प्रदेश १ प्रदेश सभाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, आशकुमार राई ‘शिशिर’, मिङमार शेर्पा र दीपक राजभण्डारीको नाम सिफारिस भएकाे छ ।
एमालेकाे प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेसले सोलुखुम्बुबाट केन्द्रीय सदस्य आङ गेलु शेर्पाको नाम एकल सिफारिस गरेको छ ।