१४ असार २०८३, आइतबार

हलगोरु पाल्ने किसानलाई गाउँपालिकाले १० हजार अनुदान दिने

हलगोरु पाल्ने किसानलाई गाउँपालिकाले १० हजार अनुदान दिने
प्रतिकात्मक तस्वीर

म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिने भएको छ ।  

पछिल्लोसमय गाउँपालिकामा हाते ट्रयाक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ ।
  
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई  गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्यांक संकलन गर्ने योजना समेत बनाएको उनले बताए ।

गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजारका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । 

त्यसैगरी गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनका अनुदान दिन लागेको जनाइएको छ ।

यसअघि गाउँपालिकाले प्रतिलिटर ५ रुपैयाँ अनुदान दिँदै आएको थियो । 

सहकारी आबद्व भएका दुग्ध किसानको तथ्यांक संकलन गर्ने कार्यलाई पनि अघि बढाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले सुत्केरी, गरीब र विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । सेवा लिनका लागि सम्बन्धित वडाबाट सिफारिस गर्नुपर्ने प्रावधान रहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्