२० असार २०८३, शनिबार

संसदको कार्यकाल यताउता हुँदैन, मनोनयनपछि संसद रहँदैन : प्रचण्ड

संसदको कार्यकाल यताउता हुँदैन, मनोनयनपछि संसद रहँदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समानुपातिक तर्फका उम्मेदवारको मनोनयन दर्ता भएपछि संसदको कार्यकाल पनि समाप्त हुने बताएका छन् । 

मंगलवार धनगढीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको कार्यकाल लम्ब्याउनेतिर जान हुँदैन भनेर गठबन्धनमा छलफल गरेको बताए । 

‘संसदको कार्यकाल १ दिन पनि यताउता गर्नु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मनोनयनपछि संसद रहँदैन । एकदम क्लियर, त्यहाँ द्विविधा हुनै पर्दैन,’ प्रचण्डले भने, ‘त्यहाँ प्राविधिक विषय भएकाले संसदभित्र र प्रमुख सचेतकहरूले आयु लम्ब्याउने कि भन्नुभएको रहेछ । गठबन्धनमा बसेर त्यसो गर्नु हुँदैन । कही इफ, बट हुँदैन अब । ४ गते निर्वाचन हुन्छ । त्योभन्दा अगाडि कन्फ्युजन पैदा गर्ने केही काम गर्नु हुँदैन,’ प्रचण्डले भने । 

salt training

कमेन्ट गर्नुहोस्