×

NMB BANK
NIC ASIA

उम्मेदवार छनोट

पार्टीमै टिकट पाउन महाभारत ! लुम्बिनीमा एमालेका ७ जना मात्र सर्वसम्मत उम्मेदवार

भदौ २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस गर्नेक्रम चलिरहेको छ । नेकपा एमाले र नेपाली कांग्रेसका क्षेत्रीय समिति र जिल्ला कमिटीले धमाधम उम्मेदवार सिफारिस गर्दै केन्द्रमा पठाइरहेका छन् ।

Muktinath Bank

केन्द्रको निर्देशन अनुसार दलहरू धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका कतिपय प्रभावशाली नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । सर्वसम्मत भएका नेताहरूको हकमा कुनै विवाद नहुने र उनीहरू निर्वाचनका उम्मेदवार पक्का भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले उपाध्यक्ष विष्णु पौडेलको नाम रूपन्देही–२ बाट सर्वसम्मत सिफारिस भएको छ । पौडेलले डेढ दशकयता बुटवल क्षेत्रबाट निरन्तर चुनाव जित्दै आइरहेका छन् । उनीसँग कुन नेताको प्रतिस्पर्धा हुन्छ भन्नेबारे गठबन्धन दलले टुंगो लगाइसकेका छैनन् ।


Advertisment
Nabil box
Kumari

गृहमन्त्री बालकृष्ण खाँणसहित रुपन्देही–२ बाट ४ जना र रुपन्देही–३ बाट खाँणको नाम सर्वसम्मत सिफारिस भएसँगै उनी ३ नम्बर क्षेत्रबाट चुनाव लड्ने सम्भावना बलियो देखिएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले रुपन्देही–२ आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएका छन् । 

Vianet communication
Laxmi Bank

दाङ–२ बाट एमाले महासचिव शंकर पोखरेल सर्वसम्मत सिफारिस भएका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए । यसअघि प्रदेशसभा निर्वाचन जितेका महासचिव पोखरेलको यसपालि नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरासँग प्रतिस्पर्धा हुने सम्भवना छ । 

गुल्मी–१ बाट एमाले उपमहासचिव प्रदीप ज्ञवालीको नाम पनि सर्वसम्मत सिफारिस भएको छ । प्रभावशाली नेता ज्ञवालीले गुल्मी–१ बाट २०६४ र २०७४ सालमा निर्वाचन जितेका छन् । २०७० सालमा उनी कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएका थिए । क्षेत्र नम्बर २ मा सचिव गोकर्ण विष्टको नाम सर्वसम्मत सिफारिस गर्न प्रयास भइरहेको गुल्मी एमाले सचिव गणेश श्रीपालीले जानकारी दिए ।

अर्घाखाँचीबाट एमाले सचिव टोपबहादुर रायमाझी र प्यूठानबाट पोलिटब्यूरो सदस्य सुर्य थापाको नाम सर्वसम्मत सिफारिस भएको छ ।

रुपन्देही–५ बाट एमालेका युवा नेता तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईको नाम सर्वसम्मत सिफारिस गरिएको छ । यो क्षेत्रमा कांग्रेसबाट ३ पटक निर्वाचन जितेका भरतकुमार शाहको पनि सर्वसम्मत नाम सिफारिस भएको छ । पहिलोपटक निर्वाचन लड्न लागेका भट्टराई र शाहबीच मंसिर ४ गतेको निर्वाचनमा प्रतिस्पर्धा हुने पक्का भएको छ ।

पाल्पा–२ बाट एमालेका युवा नेता ठाकुर गैरेको नाम सर्वसम्मत सिफारिस भएको छ । एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले गैरेको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए । गैरे पहिलोपटक निर्वाचन लड्ने निश्चित भएको छ । यो क्षेत्रमा गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको नाम सिफारिस गरेको छ ।

रूपन्देही–३ बाट भने एमाले बौद्धिक नेता घनश्याम भुसालको नाम सर्वसम्मत सिफारिस हुन सकेन । त्यहाँ भुसालसहित ४ जना उम्मेदवार सिफारिस भएका छन् । तिलोत्तमाका निवर्तमान मेयर बासुदेव घिमिरे, लुम्बिनी प्रदेश कमिटी सदस्य यज्ञजित शाह र दुर्गा भुसालको नाम सिफारिस गरिएको छ । २०७४ सालको निर्वाचन जितेका भुसालले निर्वाचन लड्ने चाहना नदेखाएको एमाले नेताहरू बताउँछन् । 

रुपन्देही–२(१) बाट प्रदेशसभा सदस्यका लागि ४ जनाको नाम सिफारिस भएको छ । एमाले पोलिटब्युरो सदस्य लिला गिरी, केन्द्रीय सदस्य शिवराज सुवेदी, पार्टीको कानून आयोगका सदस्य खुमाकान्त पौडेल र युवासंघका उपाध्यक्ष सुमन पुरीको नाम सिफारिस गरिएको छ ।

रुपन्देही–३(२) बाट प्रदेशसभा सदस्यका लागि ४ जनाको नाम सिफारिस भएको छ । नेकपा एमालेको रुपन्देही–३(२) निर्वाचन क्षेत्र समन्वय कमिटीका अनुसार सो निर्वाचन क्षेत्रबाट तुलसीप्रसाद चौधरी, नरबहादुर घर्ती, प्रेम गुरुङ र रामप्रसाद रेग्मीको नाम सिफारिस भएको छ । 

बैठकले आकांक्षीहरू मध्येबाट ४ जनाको नाम सिफारिस गरिएको निर्वाचन क्षेत्र समन्वय कमिटीले जनाएको छ । एमाले केन्द्रीय सदस्य दधिराम न्यौपाने रुपन्देही–१(२) बाट सिफारिस भएका छन् । रुपन्देही–१ बाट पनि एमाले सचिव छविलाल विश्वकर्माको नाम सर्वसम्मत टुंगो लगाउने तयारी भइरहेको एमाले देवदह नगर इन्चार्ज यम रानाले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x