
नेकपा माओवादीका उपमहासचिवसमेत रहेका सांसद वर्षमान पुनले प्रतिनिधि सभाको अर्थ समिति छाडेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले समिति हेरफेरको सूचना सुनाएका हुन् । पूर्वअर्थमन्त्री समेत रहेका पुन अर्थ समितिमा थिए । अर्थ समितिबाट उनी कानून, न्याय तथा मानव अधिकार समितिमा गएका छन् ।