काठमाडौँ, १७ साउन- महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले अनुशासनहीन सवारी चालकलाई कारबाही गर्ने बताएका छन् ।

काठमाडौंंका सडकमा चल्ने ट्रिपरचालक बढी अनुशासनहीन भएको बताउँदै उनले त्यस्ता चालकलाई नियन्त्रणमा लिएर हदैसम्मको कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।
‘ ट्रिपर व्यवसायीले सडक अनुशासन मिचेर चलाउने गरेको जनगुनासो बढेको छ, नियम कानुन नमान्नेलाई कडा कारबाही गरिनेछ,’ उनले भने, ‘त्यस्ता ट्रिपर कसले चलाएको छ, त्यसका मालिक को हुन् मलाई जानकारी छ, अनुशासनमा नबसे कारबाही गरिन्छ ।’
यातायात व्यवसायी तथा सरोकारवाला निकायसगको छलफलका क्रममा खनालले ‘गुन्डाको लगानी ट्रिपरमा भएको’ दाबी गर्दै नियम मिचेर उपत्यकाका डाँडा खन्ने, माटो बेच्ने, अराजक तरिकाले गाडी चलाउने समय अब समाप्त भएको पनि बताए ।