०२ असार २०८३, मंगलबार

प्रेमीप्रेमिकाले १६ वर्षको उमेरमै गरे विवाहको टीकाटालो, सामाजिक सञ्जालमा चर्चा

भदौ २१, २०७९
प्रेमीप्रेमिकाले १६ वर्षको उमेरमै गरे विवाहको टीकाटालो, सामाजिक सञ्जालमा चर्चा

नेपालमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । कतिपय देशमा १८ वर्षमै विवाह गर्न पाइन्छ । १८ वर्षमुनि विवाह गर्नुलाई उपयुक्त मानिँदैन ।

विवाहदेखि मताधिकार उपयोग गर्नेसम्मका लागि १८ वर्षे उमेर पर्खिनैपर्छ तर अमेरिकामा प्रेमीप्रेमिकाले १६ वर्षकै उमेरमा विवाहको टीकाटालो गरेको घटना उतिबेला चर्चामा छ ।

अमेरिकाका व्यवसायी १६ वर्षीया एवा युर्जेन्सले प्रेमी बेन ओटोसँग टीकाटालो गरेकी हुन् । दुवै १ वर्षदेखि प्रेम सम्बन्धमा थिए । अब १ वर्षपछि दुवैले विवाह गर्ने तयारी गरेका छन् ।

कम उमेरमै विवाहको तयारी गरिएपछि कतिपयले प्रश्न उठाएका छन् तर प्रेमिका एवाले आपसी समझदारीमा विवाहको तयारी गरिएको बताएकी छन् ।

१५ वर्षको सानो उमेरदेखि नै एवा र बेनले व्यापार गरिरहेका छन् । एवाले भनिन्, ‘बेन मेरो साथी र प्रेमी मात्रै होइन, व्यावसायिक साझेदार पनि हो । हामी स्कूले जीवनदेखि नै लाखौं कमाइ गरिरहेका छौं, सम्पत्ति जोडिरहेका छौं ।’

आफूहरू विवाहका लागि तयार भइसकेको बताउँदै एवाले उमेर एउटा अंक मात्रै रहेको तर्क गरेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्