२४ जेठ २०८३, आइतबार

पल शाहलाई साढे दुई वर्ष कैद, २५ हजार जरिबाना र १० लाख क्षतिपूर्तिको फैसला

पल शाहलाई साढे दुई वर्ष कैद, २५ हजार जरिबाना र १० लाख क्षतिपूर्तिको फैसला

अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उनलाई नवलपुर जिल्ला अदालतले सफाइ दिने निर्णय सुनाएको हो ।

तर, बाल यौन दुरूपयोगको मुद्दाका लागि २ वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपैयाँ जरिबाना हुने सुनाएको छ । त्यसबाहेक शाहले पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने फैसला पनि अदालतले सुनाएको छ । 

यस बाहेक शाहविरूद्ध तनहुँ जिल्ला अदालतमा बलात्कारको अभियोगमा दर्ता भएको मुद्दा विचाराधीन अवस्थामै छ । गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेको थियो ।

नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएको इजलास अधिकृत गमबहादुर जुग्जालीले बताए । 

पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग भएकाे थियो ।

salt training

कमेन्ट गर्नुहोस्