
झापा, क्षेत्र-४ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ राप्रापाबाट खुस्वु ओलीले चुनाव लड्ने भएकी छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस गरिएको छ। युवा उद्यमी ओली केही अघि राप्रपामा प्रवेश गरेकी थिइन् । एक दशकदेखि डेभलपमेन्ट सेक्टरमा काम गर्दै आएकी ओलीले स्थापना गरेको संस्थाले हाल नेपालका कारागारहरूमा पुनर्स्थापनाका कार्यक्रमहरु गर्दै आइरहेको छ।