२९ असार २०८३, सोमबार

‘क्रान्तिकारी फोर्स’ गठन

‘क्रान्तिकारी फोर्स’ गठन

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विद्रोही समूहले  ‘क्रान्तिकारी फोर्स’ गठन गरेको छ । पवन कार्की नेतृत्वको विद्रोही समूहले गठन गरेको रिभोलुसनरी फोर्सले मंगलबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्च पाससमेत गरेको छ ।  

अध्यक्ष पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स २२ भदौमा सार्वजनिक गर्ने घोषणा तयारी गरेको छ । समानान्तर गतिविधि गर्दै आएको कार्की नेतृत्वको समूहले त्यसको एक दिनअगाडि अर्थात २१ भदौमा नै सोही प्रकृतिको फोर्स गठन गरेको हो । अखिल क्रान्तिकारीको पवन समूहका  नेता समिर बुढाथोकीका अनुसार  २१ भदौमा काठमाडौंमा क्रान्तिकारी विद्यार्थीको दस्ताका रूपमा रिभोलुसनरी फोर्स घोषणा तथा मार्चपास कार्यक्रम गरिएको छ । 

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा एकलौटी ढंगले केन्द्रीय समिति र पदाधिकारी चयन गरेको भन्दै कार्की नेतृत्वको समूह असन्तुष्ट छ । सो समूहले देशैभर समानान्तर गतिविधि गर्दै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्