३० जेठ २०८३, शनिबार

पहिलो खेलमै पराजित भयो चेल्सी

भदौ २२, २०७९
पहिलो खेलमै पराजित भयो चेल्सी

इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमै पराजित भएको छ ।

मंगलवार राति भएको खेलमा चेल्सी क्रोएसिया डिनामो जाग्रेबसँग १-० गोल अन्तरले पराजित भएको हो ।

जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले निर्णायक गोल गरे ।

ओरिसिचले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । जुन गोल घरेलु टोलीलाई जिताउन प्रयाप्त रह्यो ।

यस जितसँगै समूह 'ई' को जाग्रेबले पहिलो खेलमै ३ अंक जोडेको छ ।

जाग्रेब शीर्ष स्थानमा रहेको छ ।

चेल्सी अंक विहीन रहेर समूहको पुछारमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्