१४ असार २०८३, आइतबार

चरेश कारोबारमा दोषी ठहर भएकी ६७ वर्षीया वृद्धा पक्राउ, कारागार चलान

चरेश कारोबारमा दोषी ठहर भएकी ६७ वर्षीया वृद्धा पक्राउ, कारागार चलान
प्रतिकात्मक तस्वीर

लागूऔषध चरेश मुद्दामा बाँके जिल्ला अदालतको फैसलाले १ वर्ष ३ महिना कैद भई १ वर्ष १ महिना कैद बेरुजु रही फरार रहेकी जाजरकोटको नलगाड नगरपालिका–३ बस्ने ६७ वर्षीया ओमकुमारी थापालाई पक्राउ गरिएको छ ।

गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक कारवाहीका लागि थापालाई जिल्ला अदालत जाजरकोटमा उपस्थित गराएको थियो । जिल्ला अदालतले कारागार कार्यालय जाजरकोट चलान गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्