२५ जेठ २०८३, सोमबार

जसपा नेता केवट एमालेमा प्रवेश

जसपा नेता केवट एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीका नेता बच्छुलाल केवट बुधवार एमाले प्रवेश गरेका छन् । उनी गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । 

केवटलाई नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक तथा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले पार्टीमा स्वागत गरेका छन् । 

पार्टीप्रति असन्तुष्टि जनाउँदै केवट एमालेमा प्रवेश गरेका हुन् । पछिल्लो समय एमालेले पार्टी प्रवेशलाई निरन्तरता दिँदै जाँदा रुपन्देही–५ मा बलियो बनेको एमाले युवा नेता सन्दीप गुप्ताले बताए ।

salt training

कमेन्ट गर्नुहोस्