२७ जेठ २०८३, बुधबार

दफावार छलफलका लागि समितिमा गयो मिडिया काउन्सिल विधेयक

दफावार छलफलका लागि समितिमा गयो मिडिया काउन्सिल विधेयक
फाइल फोटो

राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा आएको मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि समितिमा गएको छ ।

प्रतिनिधि सभाको बुधवार बसेको बैठकले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको हो ।

बुधवारको सम्भावित कार्यसूचीमा बुधवारै विधेयक पारित गर्ने तयारी रहेपनि अन्तिममा समितिमा पठाइएको हो । २०७५ सालमा तत्कालीन केपी ओली सरकारले राष्ट्रिय सभामा ल्याएको विधेयक लामो छलफलपछि पारित भएको थियो ।

प्रतिनिधि सभाको कार्यकाल सकिनै लाग्दा सरकारले यो विधेयक अगाडि बढाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्