११ साउन २०८३, सोमबार

सन्तोष पन्तको फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर रिलिज

सन्तोष पन्तको फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर रिलिज

सन्तोष पन्तको निर्माण रहेको फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बुधवार राजधानीमा एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

असोज २८ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गरेका हुन् । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ ।

सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई स्थान दिइएको छ । रवि सायमीको छायांकन रहेको फिल्मलाई विनय कंसाकारले सम्पादन गरेका हुन् ।

फिल्मको पहिलो गीत ‘ए जदौ मायाजदौ’ यसअघि नै हिट भइसकेको छ । झण्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रसारण भएको ‘हिजोआजका कुरा’ निकै लोकप्रिय टेलिसिरियल मानिन्छ । सोही नाम सापटी लिएर अहिले फिल्म निर्माण भएको हो ।

पारिवारिक कथामा निर्माण भएको फिल्मलाई दर्शकले रुचाउने निर्माण टीमको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्